विहारमा पुनर्मि&
पदम राई
विहारमा किरात राईहरुको पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । विहार त्रिवेणीगञ्जमा भेला भई नेपाल र दार्जीलिङका किरात राईहरुबीच पुस २४ र २५ गते सो कार्यक्रम सम्पन्न भएको हो ।
'हाम्रो भ्रमण ९५Ü सफल भयो । युगौंअघि विविध कारणले छुट्टएिर यहाा आउनुभएका राई दाजुभाइहरुसाग भेटेर खुसी लाग्यो,' नेपालबाट पुनर्मिलन भ्रमणमा जानु भएका प्रा. डा. नोवल किशोर राईले भन्नुभयो ।
नेपालबाट किरात राई यायोक्खाका अध्यक्ष चतुरभक्त राई, महासचिव चन्द्रविक्रम राई, पूर्व जर्मन राजदुत प्रा.डा. नोवल किशोर राई, पूर्व किरात राई यायोक्खा अध्यक्ष कुल बहादुर राई, कवि तथा प्राज्ञ श्रवण मुकारुङ र पत्रकार पदम राई भ्रमणमा संलग्न हुनु हुन्थ्यो ।
किरााती खम्बू -राई) सांस्कृतिक संस्थान दार्जीलिङका वरिष्ठ सल्लाहकार सिआर राईको नेतृत्वमा १० जनाको टोली दार्जीलिङबाट त्रिवेणीगञ्ज पुगेको थियो । उक्त पुनर्मिलन कार्यक्रमको संयोजन त्रिविवि, कीर्तिपुरका सह प्राध्यापक विष्णु एस. राईले गर्नु भएको थियो । उहााद्वारा लिखित 'खम्बुवानबाट हराएका सन्तानहरु' नामक पुस्तकको प्रकाशनले विहारमा राईहरु वर्षौदेखि स्थायी बसोबास गरिरहेका रहस्योघाटन भएको थियो ।
'हाम्रा पूर्खाहरु नेपालको भोजपुर हात्थावा -हतुवा)बाट ११ पुस्ताअघि यहाा आउनु भएको सम्म सुनेको हो । तर हामी पुख्र्यौंली गाउा पुग्न सकेका छैनौा,' त्रिवेणीगञ्ज सुपौलस्थित ए.एल.वाइ. कलेजका हिन्दी विषयका व्याख्याता विशेश्वर प्रसाद सिंह राईले बताउनु भयो ।
यो पहिलो पुनर्मिलन भेटघाटले पुलको काम गर्ने र आगामी दिनमा सहजरुपमा नेपाल र विहारका राईहरुको आवतजावत हुने विश्वास सह प्राध्यापक विष्णु एस. राईले गर्नु भयो ।
नेपालको सीमानादेखि लभगग ५० किमीको दुरीमा रहेका विहारको सुपौल, भागलपुर तत्कालीन पूणिर्या आदि ठाउाहरुमा राईहरुको बसोबास रहेको पाइएको छ । कुनै आधिकारिक तथ्यांक नभए पनि विहारमा लगभग ५०० देखि ५५० जनाजति राईहरु बसोबास गरिरहेका छन् । हिन्दी र मैथिली भाषामा बोल्ने, धोत्ती र लुंगी लगाउन रुचाउने त्यहााका राईहरु आफ्नो मातृभाषा र संस्कृतिसाग टाढा भइसकेका देखिन्छन् ।
Activities See all activities
मुन्धुमको अर्थ र परिभाषा
राधा राईमुन्धुम किरात धर्म दर्शनको मुल ग्रन्थ हो । मुन + थुम Ö मुन्धुम, मुन + हल्लनु थुम Ö जीवन यसरी दुइवटा अलौकीक सन्धीबाट बनिएको अति जीवनशाली ग्रन्थको नाम हो । कहि यसलाई मुन +दुम Ö मुन्धुम अर्थात मुन Öहल्लीनु दुम Öजोडिनु भनेर पनि व्याख्या गरेको पाईन्छ । मुन्धुम ईश्वरीय शब्द र ईश्वरीय अश्त्र सस्त्र सबै हो त्यसैले मुन्धुम विना यो लोक देवलोक नर्कलोक र स्वर्गलोक केहि छैन । विश्व ब्रम्हाण्ड साराका सारा ज्ञात अज्ञात सम्पुर्ण ज्ञान सुत्र मुन्धुममा वणिर्त छ । त्यसैले मुन्धुम महाशास्त्र, महाज्ञान, तथा महादर्शन पनि हो । मुन्धुमबाट अविछिन्न अविरल रुपमा देव विद्या, राज विद्या, योग साधाना विद्या आदि प्रवाह भईरहन्छ । तसर्थ मुन्धुमको व्याख्या विश्लेषण गर्नु असम्भव मात्र ... more..
सुच्च्ा लुहुनमा नयां नेतृत्व
केन्दि्रय समितीमा क्रमश शारदा सुच्चा राई, लक्ष्मी सुच्चा राई, धन कुमारी सुच्चा राई, हेमराज सुच्चा राई, चन्द्र बहादुर सुच्चा राई, डम्बर बहादुर सुच्चा राई, देउ बहादुर सुच्चा राई, डिल्लीराज सुच्चा राई, हिमाल सुच्चा राई र कमल बहादुर सुच्चा राई सदस्य रहेका छन् । सम्मेलनमा देशभरका विभिन्न जिल्ला बाट उनिहरुको सहभागीता रहेको थियो । भोजपुर, more..
किरात राई जातिको सामाजिक संस्कार
किरात राई जातिको सामाजिक संस्कार कला कोयू
१. परिचय
१.१ राई किारात
किारातहरुको उत्तपति र मुलथलोको बारे हिमालयको दक्ष्ण्िापुर्व क्षेत्रका बासिन्दा हुन् वा बाहिरबाट आएका हुन् भन्नेमा एकमत छैन । श्रेष्ठ -२०५२) मा उल्लेख गरिएको इमानसिङ चेम्जोङको १९६७ को लेखाइ अनुसार 'किारात' शब्द 'किरिआत', 'किरयात' शब्दबाट अपभ्रंश भएर भएको भन्नेछ जस्को भूमध्यसागरिय क्षेत्रको मोआवाइट भाषामा 'किल्ला' भन्ने बुझिन्छ, जस्ले धेरै किल्लाहरु निमार्ण गरेर बसोबास गरे ।
more..
किराती एकता र आवश्यकता -चन्द्रविक्रम राई केन्द्रीय महासचिव किराया
किरात राई जातिको बारेमा यतिबेला गम्भिर र चुनौतिपूर्ण समय देखा पर्दै गइरहेको छ । जतिबेला हामी एकजुट हुनुपर्ने त्यतिबेला विभाजन हुने र जब विभाजन हुने त्यसपछि एकताको आवश्यकता बोध गर्ने, यो जातिको बानी जस्तै भई सकेको छ । नेपालीमा एउटा खुव चल्तीको उखान छ "अभागिलाई खाने बेलामा रिस उठ्छ" भने जस्तै राईहरुको बारे यो उखान सत्य सावित हुदै गईरहेको छ । इतिहास देखि नै हामी एकतामा विभाजन खोज्ने र विभाजनलाई एकता नदेख्ने हाम्रो ठुलो कमजोरी रहेको छ । विगत इतिहासमा पनि नौलाख किरातीहरु मासिने नमासिने किराती भनेर पृथ्वीनारायण शाहले विभाजित गरेपछि हाम्रो स्वायत्त किरात राज्य ओल्लो किरात, माझ किरात र पल्लो किरात राज्यहरुलाई सजिलै गोर्खा राज्यमा विलय गरेको इतिहास ताजै छ । यो घटनाबाट हामी एकतामा नै सवल, सक्षम र बलियो हुन सकिन्छ भन्ने... more..

General Information




today