Tuwachung Jayajum Financial Committee !. Tuwanchung Jayajum Conservation Committee has formed Central Financial Committee under the Chairpersonship of former Yayokkha Chair Kul Bahadur Rai MBE.

Activity Detail


साकेला सिली :
साकेला उभौली उधौली र सिली : किरातहरूको आस्थाको धर -चतुरभक्त राई पृष्ठभूभि संसारका हरेक जातिहरू कुनै न कुनै संस्कार, संस्कृति, विश्वास र आस्थामा आवद्ध रहेका हुन्छन्। यो उनीहरूको ऐतिहासिक सम्बन्धको द्योतक पनि हो। मानवको सृष्टिसंगै उनीहरूले लामो समयदेखि गरेका अनुभव व्यवहार र प्रचलनले धर्म, संस्कृति र परम्पराको स्वरुप धारणगर्न पुगेपछि यसैलाई आजतक मानवजगतले निरन्तरता दिई आएका छन। यो परम्परा र संस्कृति भित्र ठूलो इतिहास लुकेको हुनाले यसको क्रमबद्ध अध्ययन र खोज गर्ने जिम्मेवारी आएको छ। त्यस्तै विविध परम्पराहरूमध्येको किरात राईहरूले वार्षिक रुपमा दुईपटक बैशाखे र मंसिरे धान्यपूर्णेदेखि मनाउने साकेला उभौली र उधौलीचाड किरातहरूको लागि अपार मनोरञ्जन र खुसीको विषय पनि भएको छ। त्यसैले यसैलाई मूख्य विषयवस्तु बनाएर यहाँ साकेला पूजा र यसका सिलीहरूको प्रकार भनेर प्रष्टयाउने प्रयास गरिएको छ। यो चाड किरात राईहरूले मात्र होइन किरात समुदायमा पर्ने लिम्बु, याक्खा र सुनुवारहरूले पनि चासोक, स्याँदर तथा फोलस्याँदर आदिको रुपमा मनाउने गरेको पाइन्छ। त्यसैले यसलाई सम्पूर्ण किरातहरूको साझा चाडको रुपमा सुभकामना आदानप्रदान गर्ने, नरनाता छोरीचेली भेट्ने, मनोरञ्जन गर्ने, एकअर्कावीच शुभकामना आदान प्रदान गर्ने सुनौलो अवसरको रुपमा पनि लिइन्छ। यो परम्परा पुरानो भए पनि सरकारर्‍ारा यसअघि कुनै मान्यता दिइएको थिएन तर यसै वर्ष २०६५ देखि वार्षिक रुपमा बैशाखे र मंसिरे पूर्णेमा दुईदिन सार्वजनिक विदा दिने निर्णय भएकाले यसलाई किरात जातिहरूको लागि एउटा महत्वपूर्ण उपलब्धिको रुपमा मान्न सकिन्छ। २) उद्देश्य : साकेला र साकेला सिलिको प्रकार र त्यसको प्रयोगमा क्रमिकता ल्याउन जानकारी दिने यस लेखको मुख्य उद्देश्य हुनेछ। ३) अध्ययनको पद्धति : प्राथमिक आँकडाको रुपमा स्थानीय क्षेत्रको साकेला थान र त्यहाँ देखिएको साकेला सम्बन्धि अभिनयात्मक दृष्यहरुको अवलोकनबाट टिपोट गरियो। नक्छो र ताया-तंकु र मस्यूमदि (परम्परागत रुपमा धामीसँग नाच्नलाई बाँधिएको टोली)हरुलाई सोधखोज गरि प्राप्त गरेका आँकडाहर रहेकाछन भने िर्‍तिय आँकडाको रुपमा किरात धर्म संस्कार संस्कृति सम्बन्धि प्रकाशित भएका विविध विर्‍ानहरूको लेख रचना तथा पुस्तकहरूलाई आधार मानी आँकडाहरू प्रयोग गरिएको छ। ४. साकेलाको अर्थः साकेला भन्नाले सिमित अर्थमा भूमी वा आराध्यदेव मानिएको शिला वा ढुङ्धाको पूजा हो। यो शिलालाई श्रृष्टिकर्ता, जीवनदाता र संरक्षकको प्रतीक मानी पूजा गर्नु नै साकेन्वाज्ञवा साकेला हो। बृहत अर्थमा उनै आराध्य भूमिदेव तथा धरतीकी प्रतीक नायम तथा सुम्निमा आकाशको प्रतीक पारुहाङ, भूमिदेवलाई अन्न प्रदान गर्ने माताको रुपमा पूजागर्न आरम्भ गर्ने हेच्चाकुप्पा र नागेलुम (सिक्रिमा) तथा कपडा बुनाईको शीप आविष्कार गर्ने तोयामा खियामा जस्ता श्रष्टाहरूले प्रतिपादन गरेको किरात संस्कार संस्कृति जसमा ढोल, ढयाम्टा, अर्नाको सिं (भँु), सिरिमी जस्ता सांगीतिक बाजाहरूको साथमा रिसिय गाउँदै सिली नाचिने नाचगानको स्वरुपलाई साकेला नामले पुकारिन्छ। विविध किरातहरूको भाषामा साकेन्वा, साकेवा, साकेला, तोषी, ष्याँदर, साकेल, साखेल, साकेल, तोष, साक्खेवा, साखेल, साकेन्वाद्द खाउमो,घ चासोक, जस्ता अनगिन्ती शब्दहरू हुँदाहुँदै हिन्दुहरूको प्रभावमा परेर कतिपय किरात संस्कृतिविदहरूलेसमेत साकेलालाई हिन्दु दुर्गादेवी चण्डी र त्यसैसंग सम्बन्ध राख्ने तीथिमितिसमेतलाई जोड्ेर चण्डीपूर्णे भनेको पनि पाइन्छ। चण्डीभित्रको कथावस्तु तथा महात्म्य किरातको पारुहाङ, नायम, सुम्निमा, तायामा, खियामा, खक्चिलिपु, नागेलुम तथा सिक्रिमाहरूसंग कुनै मेल खाँदैन त्यसैले चण्डीपूर्णे भन्नु असान्दर्भिक हुने भएकाले किरात राई यायोक्खाले किरात भाषामा नै साकेला वा अन्य किरात भाषी नामबाट संबोधन गरिनु पर्र्दछ भन्ने आव्हान गरेको छ। ५. साकेलाको उद्गमस्थल : किरातहरू प्रारम्भमा काठमाडौंदेखि पूर्व पल्लोकिरातक्षेत्रसम्म छरिएर वसेको हुनाले प्राय गाउँ नै पिच्छे आ-आङ्गनो परम्परा वंश र स्थानसंग जोडेर भूमेदेव वा साकेलाको उत्पत्ति भएको बताउँने गरेका छन। यस्ता अनेकौ मिथकहरूको संकलन गर्ने हो भने एउटा ठेली नै बन्न सक्तछ। तिनीहरूमध्ये निम्न केही मिथकहरूको चर्चा यसमा गरिनेछ क. काठमाडौंमा रहेको किरातेश्वर महादेवलाई किरातीहरूले हेर्न नहुने भएकाले कुनै एकजना किरातीले त्यहाँको सानोढुङ्धा मागेर लैजाँदा अरुणको छेउसम्म पुग्दा बिशाल भयो तर हलौं थियो। ति किरातीले जहाँ जहाँ बिसाएका थिए त्यहाँ त्यहाँ साकेलाको उत्पत्ति भयो। यसरी ढुङ्धा लगिएपछि काठमाडौंमा प्रलय भएकाले ढुङ्धा उतै फर्काइयो। यस मिथकले साकेलाको उत्पत्ति मल्लकालिन हो भन्ने जनाउँछ। ख. अर्को मिथकमा भोजपुर हतुवा र आम्चोकतिरका बान्तवा राई नाम्नु माङफाङ र हाङखिमले बालीखाने सुगुर मार्दा सेता ढुङ्धामा परिणत भई पारुहाङ् र सुम्निमाको चाल भनी बोकेर डम्बर्खुमा ल्याईपुर्‍याउँदा ढुङ्धा एकाएक भासियो। यसैलाई साकेलाको थान मानेर छोङ्खामा बजार लगाउन थालिएबाट साकेलाको पहिलो उत्पत्ति भएको हो छ भन्ने भनाई रहेको छ। ग. कसैले दोलाखाको बुद्धहाङ राजा र उनका बहिनी सोइसोइलाको घतलाग्दो मिथकसंग साकेलाको उत्पत्तिलाई जोडेका छन्। किरात पुर्खाले गुमाएको उपत्यका फिर्ता गर्ने उद्देश्यले हेम्कुमबुङ देवको स्थापना गरी पूजागर्ने कार्यमा सरिक हुँदा बहिनी सोइसोइलाले बुनेको सेवारी (पगरी) दाज्यू बुद्धहाङ्लाई लगाईदिन खोज्दा खोज्दै रजस्वला भएकीले काँधसम्म पुर्‍याएर छोडिन र उनी त्यहाँबाट नफर्किने गरी हिडिन। उपस्थित जन सबैले 'दोलोकुम्मा दो सोइसोइला' (सेवारी कुम्मा छ लगाईदेउ सोइसोइला) भनेर गीतको भाकामा बोलाउँदा पनि सोइसोइला आइनन्। आखिर कुमको सेवारी भूइमा खसेपछि तुरुन्त ढुङ्धामा परिणत भयो र त्यसैलाई पूजागर्ने परम्पराबाट साकेला उत्पत्ति भएको हो। ट यस मिथकले मल्लकालिन अवस्थामा दोलाखामा साकेला उत्पत्ति भएको जनाउँछ। घ. चौथो- तायामा खियामा हेच्चाकुपा, नागेलुम तुवाचुङडाँडा सेरोफेरो प्रारम्भिक उत्पत्ति स्थल : माथि प्रस्तुत भएका मिथकहरू भन्दा भरपर्दो मिथक तायामा खियामा हेच्चाकुप्पा र नागेलुम वा सिक्रिमा जस्ता आदिम पात्रहरूसंग सम्बन्ध राख्ने तायामा खियामा हेच्चाकुप्पा नागलुम भूमि मुख्यत खोटाङको हलेसी, गाबिसको काभ्रैमा रहेको तुवाचुङडाँडा र सल्लेको चिचिङ्धा गाउँलाई साकेला र सिलीको उद्गमस्थल मान्ने गरेको पाइन्छ। यो तुवाचुङडाँडालाई तुवातुङ, तायाचुङ, तायामा वा तोयामा, खियामा, तमा वा तोमा, खेमा, जायाजुम, मलथुम्का, ग्रमुलजु, दिदीवहिनीडाँडा जस्ता विविध नामहरूले बोलाइन्छ जहाँबाट साकेला र सिली मात्र होइन कपास र अल्लोको कपडाबुन्ने शीपको विस्तार अन्य किरात राईहरूको वस्तिमा विस्तार भएको तथ्यलाई पुष्टि गर्ने सप्रमाणिक भौतिक यथार्थ तोमाखेमाडाँडामा रहेको छ। यो यथार्थ तोयामा खियामा हेच्चाकुपा र नागेलुमको जीवनगाथा बुझेको ब्यक्ति जसले यो भूमि एकपटक स्पर्श गरेको छ उसलाई मात्र सत्यता हो भन्ने लाग्छ। सम्पूर्ण किरात राईह194रूमा मिथकको भाव उद्देश्य र पात्रहरू समान खालको रहेको र यस प्रकारको भूमिको वर्णन अन्य कुनै मिथकले पनि आजसम्म पेश नगरेको हुनाले यही तायामा खियामा हेच्चाकुपाको भूमिलाई किरात धर्म, संस्कृति र सम्भताको केन्द्रबिन्दु मान्न सकिन्छ। ६. तायामा खियामा हेच्चाकुपा भूमिको सप्रमाणिक तथ्यहरूको स्थिति : जातीय चेतनाको अभाव र सरकारी संरक्षण नपाएको हुनाले तुवातुङडाँडाको वस्तुगत प्रमाणहरू लोपहुँदै गैरहेको छ। प्रमाणिक ढुङ्धाहरू फुटाई चौतारो चिठ्ने, बाटो बनाउने, देवीको मन्दिर तथा देवताथान बनाउने, जानी वा नजानी ढुङ्धाहरू ओरालो लडाईदिने, पूर्व बनिबनाउ थानहरू भत्काईदिने, ढुङ्धाहरू फुटाईदिने जस्ता कार्यहरूले गर्दा के वास्तविक तायामा खियाको थान यही हो त भन्ने शंका लाग्न सक्छ तथापि मिथकले प्रस्तुत गरेअनुसारको प्रमाणहरू अद्यावदी छँदैछ। अहिलेसम्म बचेको त्यस्ता प्रमाणहरूमा तानबुन्ने ठाउँ, टुकीराख्ने ढुङ्धाका अर्ध खोपिल्टा, तानबुन्ने प्रयोजनको लागि गाडिएका ढुङ्धाहरू, तायामा, खियामाले प्रयोग गरेको प्राचीन ओडार जस्ता पुराना अवशेषहरू रहेकाछन्। त्यसैगरी तुवाचुङ्डाँडाबाट करिब एकघण्टा टाढा रहेको चिचिङ् गाउँमा हेच्छाकुप्पाले निकालेको पानी र त्यसैको समिपमा रहेको हेच्चाकुप्पाको समाधिस्थल जस्ता प्रमाणहरू पनि अद्यावदी छंदैछ। दिक्तेल सदरमुकामबाट हलेसी महादेवस्थानसम्म जाने मूलबाटोमै तुवाचुङडाडा अवस्थित रहेकाले बाटो हिड्ने जान्नेसुन्ने सवैले तुवाचुङलाई यही नै हो तोयामा खियामाको तानबुन्ने थलो भन्दछन्। यही डाँडाको आसपासमा अर्खौले, हलेसी, सल्ले नामका गाउँहरू पनि रहेका छन। हलेसीको गुफादेखि साल्पासम्म छुने लामो पहाडी श्रृङ्खला रहेको र यही बाटो गरेर हेच्चाकुप्पा कहिले फूलबिसौनाहुँदै साल्पा, इर्खुवा चिर्खुवाको सिरसम्म पुग्ने, कहिले रावाखोला दुधकोशीसम्म माछा मार्न जाने र कहिले मधेशसम्म पुग्ने गरेको भनाईरू पुर्खाहरूले गर्दै आएको पाइन्छ। ७. तोमा खेमा हेच्चाकुप्पासम्बन्धि छोटो मिथक : सृष्टिको आरम्भतिरकै कुरा हो पापा पातेसुङ र आमा दिलीदुमको मृत्यूपछि तोमा, खेमा र हेच्चाकुप्पा टुहुरा भई चेलीहरूबाट बढोदुःखले माइती हेच्चाकुप्पाको लालनपालन हुन्छ। अर्काको जाँतोबाट सामल संकलनगरी पकाएको भात भाइले अन्जानमा घोप्ट्याएपछि दिदीहरूले भाइलाई कुट्छन्। भाई रुँदारुदै निदाउँछ, उठाउँदा उठ्दैन। भाई मरेको ठानी चिहान खनेर त्यसमा चिण्डो, केराको थाम र कालोपातीको झिक्रा प्रयोगगरी भाइकै पुत्ला बनाएर गाडी छेउमा एउटा केराको बोट रोपी एउटा कर्दसमेत छोडेर दिदीहरू बाटो लाग्छन् र अहिलेको तुवातुङडाँडामा आईपुग्छन्। त्यहाँबाट पनि दिदी डाँफेभई लेक र बहिनी धनेशभई बेंसी झर्छन। हिड्न अघि मृत या जीवित थाहा पाउन फूल रोप्छन। बहिनी चञ्चले भएकीले लाटकोसेरोले मारेर खान्छ र हाडहरू मात्र बाँकी राख्छ। पछि बहिनीको फूल मरेको देखी दिदीले बहिनीको हाडखुर जम्मागरी रिसीय गाएर ब्यूताई सोही तुवातुङडाडामा कपडा बुन्ने घरेलु उद्योग स्थापना गरी बस्छन। यता हेच्चाकुप्पा निन्द्राबाट व्युँझदा दिदीहरू हुदैन। रोइकराई गर्छ तर दिदीहरू नआएकाले कर्द टिपेर केराको बोटलाई डर देखाएपछि केरा पसाएर पाक्छ र त्यसैलाई खान्छ। उ सिकारी बन्छ र तामेढुक्कुर पासोमा पार्छ। त्यसको गाँडबाट अन्नका बिजहरू फेलापारी त्यसलाई घुरानमा फाल्छ। पछि लहलह भएको अन्न फल्छ। त्यसैलाई संकलन गरी खेतीपाती गर्न थाल्छ र कृषक बन्छ। कहिले माछा मारेर खान्छ। त्यहीक्रममा उसको नागको छोरी सिक्रिमासंग विवाह हुन्छ। विवाह पश्चात उ अन्नको अझ धनी हुन्छ। एकदिन हेच्चाकुपालाई नयाँ अन्नको खाना खाएपछि मातलागेर बेरामी पर्छन्। यसको कारण सिक्रिमाले -"तिमीले तिम्रो पुर्खाहरूलाई अर्पण नगरी खाएको हुनाले यस्तो भएको हो" भन्छिन। त्यस वर्ष त्यत्तिकै भयो। अर्को वर्ष उधौलीको समय आयो नयाँ अन्न घरमा भित्रियो। पुर्खालाई चढाउने बेला पनि आयो। तर कसरी चढाउने भन्ने ज्ञान हेच्चाकुप्पालाई नभएकाले सिक्रिमाकै सल्लाह अनुसार पुर्खाहरूलाई चढाउने व्यवस्था हुन्छे। नयाँ अन्न पोली पकाई चुल्हाको वरीपरी राखियो। तर चेलीको अभावमा त्यो अपूर्ण हुने भएकाले चेलीहरू खोज्न विभिन्न जीवहरू-जुम्रा, उडुस, बाख्रा पठाइन्छ। तर सफल हुदैन। त्यसपछि उपिया पठाइन्छ। उपियाँ उफ्रदै गएर तोयमा खियामालाई भेटी टोक्न थाल्छ। उपयालाई पक्रेर मार्न टाउको किच्याउँदा उपियाँ उछिटिएर भाग्छ र दुबोको त्यान्द्रोले टाउको बाँधी तोयमा खियामा तुवाचुङ् डाडामा रहेको खबर दिन सफल हुन्छ। चिचिङ्धावासी पुर्खाहरू उपियाँ उफ्रदै गएको बाटो त्यही हो भनेर अहिले पनि चिनाउँछन। अन्त्यमा तोयामा खियामा ल्याउन कुखुराको भाले तुवाचुङडाँडा पठाइन्छ। भाले त्यहाँ पुगेर तमाखेमा खकचिलिपु (हेच्चाकुपा) भनेर बास्छ। मरेको भाईको नाम काढेर बासेको सुनी यसलाई अभास ठानेर तानको थुरी र बाइसुम (लठ्ठी) झिकेर भालेलाई झटारोले हान्छन्। झटारोले लागेपछि भालेको प्वाँख खस्ता उनीहरूले त्यसलाई थुरीमा राख्न मिल्छ भनी टिपेर बोक्छन। भाले जब गहिरा पस्छ बखान गाउँछ जब डाँडामा पुग्छ बास्न थाल्छ। एबं क्रमले भाले बास्ने, झट्टी हान्ने, प्वाँख खस्ने र प्वाँखलाई टिपेर बोक्ने काम क्रमैले हुँदै जान्छ र अन्तमा हेच्चाकुपाको घरमा आई पुग्छन। यता हेच्चाकुप्पाको घर भित्र पितापुर्खालाई अन्न चढाउने काम शुरु हुन लागेको हुन्छ। उता भालेले पनि तोयामा खियामालाई हेच्चाकुपाको घरमा उत्तिनैखेर ल्याई पुर्‍याउँछ। मरेको भाइको घरमा तायामा खियामा आउन असजिलो माने पछि भकिम्लाको अमिलो झुप्पा राखीदिएपछि उनीहरू गर्भवती समेत भएकीले लोभले र्‍याल चुहाउँदै आगनमा प्रबेश गर्छन र खान थाल्छन्। उता घरभित्र हेच्चाकुपाले रिभम पारुहाङ् नायम हँुदै पापापातेसुङसम्म मुदुम गाउँदै आईपुग्दा शरिरमा जोड्ले कम्प पैदा हुनथाल्छ। उनी भालासंग घर वाहिर निस्कन्छन् र जमिनमा भाला गाडी एउटा तातो ढुङ्धा निकाल्छन्। त्यसलाई चोखो जाँडले खन्याएपछि वाफ भएर उड्छ। त्यस ढुङ्धालाई भूमेदेव साकेला मानी पूजिन्छ। (खोटाङ खार्मीका आलेख बहादुर थुलुङ राईको भ

See all activities

ERROR: when multi data select=>You have an error in your SQL syntax; check the manual that corresponds to your MySQL server version for the right syntax to use near 's Sakewa 2008,in USAr' order by date_added desc limit 0, 8' at line 1