भूगोल महत्वपूर्ण कुरा हो
भूगोल महत्वपूर्ण कुरा हो
- सभासद् प्रमिला राई![]()
प्रमिला राई संविधानसभा सभासद् तथा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका सदस्य हुन्। उनको मूलघर ओखलढुंगाको मोली गाविस भएपनि जन्म भने काठमाडौंमा २०१८ वैशाख २९ गते भएको हो। २०१५ सालको निर्वाचनमा निर्वाचित एमपी बुवा बलबहादुर राई २०१७ साल पुसमा तात्कालीन राजनीतिक कारण पक्राउ पर्नु भएको थियो। आमा पद्मशोभा राई काठमाडौं जानु भएको थियो, त्यही क्रममा उहाँको जन्म हुनुपुगेको हो। प्रमिलाले २०३७ सालमा हिमालय माध्यमिक विद्यालय, निसंखे ठूलाछाप, ओखलढुंगाबाट एसएलसी उत्तीर्ण गर्नुभएको थियो। एसएलसीलगत्तै मोली गाउँको श्री कालिका माविमा दुई वर्ष पढाउनु भएको थियो। त्यसपछि काठमाडौं पद्म कन्या क्याम्पसमा आई.ए. भर्ना भएलगत्तै उदयपुरको लाफागाउँ-निवासी मानबहादुर चाम्लिङ राईका साथ विवाह बन्धनमा बाँधिनु भयो। भारतीय आयल कर्पोरेसनअन्तर्गत इन्जिनियरिमा कार्यरत श्रीमान्का साथ लागेर स्नातक तहसम्म अध्ययन पूरा गर्नुभयो। २०५० सालमा स्वदेश फर्किएपछि उदयपुरको सदरमुकाम गाईघाट त्रियुगा नगरपालिका-१० मा पेटरोलपम्प व्यवसायमा सुरु गर्नुभयो। परिवार नै नेपाली कांग्रेस पार्टीमा आवद्ध भएको हुनाले उनी पनि त्यही आवद्ध भई समाजसेवामा सक्रिय हुन थाल्नुभयो। २०६३ पुस ८, ९ र १० गते झापाको दमकमा सम्पन्न किरात राई यायोक्खाको छैटौं राष्टिय सम्मेलनबाट केन्द्रीय कार्यसमितिको सदस्यमा चयन हुनुभयो। नेपाली कांग्रेसबाट संविधानसभामा मनोनित सभासद् प्रमिला राईसँग गणेश राईले गरेको कुराकानीको अंश :
- सभासद् प्रमिला राई

तपाई कहिलेदेखि राजनीतिमा लाग्नु भयो ?
सभासद् प्रमिला राई - २०३३ सालदेखि लागें। गोपाल दाइ (माइला बडाका छोरा, कांग्रेसका युवा नेता, घुन्सा दुर्घटनामा मृत्युवरण गरको तात्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री) विद्यार्थी संगठन विस्तार गर्न आउनु भएको थियो। त्यही बेलादेखि राजनीतिमा लागेको हुँ। पछि ०३६ सालको जनमत संग्रहमा नेपाल विद्यार्थी संघमा आवद्ध भई सक्रिय भूमिका निर्वाह गरेको थिएँ।

उदयपुर जिल्लामा नेपाली कांग्रेसमा कसरी पहुँच पुर्याउनु भयो ?
राई - बुवा बलबहादुर राई कांग्रेसका जुझारु नेताको छोरी हुनु नेपाली कांग्रेससित मेरो पहिलो नाता हो। तर, आफैं पनि सक्रिय हुनुले पार्टीले २०५१ सालदेखि मलाई विश्वास गरी जिम्मेवारी दियो र मैले गम्भीर भएर दायित्व निर्वाह गर्दै आएको छु। पार्टीको जिल्ला कार्यसमितिको सदस्य, महिला संघका सदस्य, पार्टी महाधिवेशन प्रतिनिधि भएर अगुवाई गर्दै आएको छु।

सभासद् कसरी हुनुभयो ?
राई - पार्टीले ०५६ सालदेखि नै जनजाति महिला भनेर संसदीय निर्वाचनमा जिल्लाबाट मलार्इं सिफारिस गरेको थियो। तर, केन्द्रले अनुमोदन गरेन। त्यसपछि महिला सशक्तीकरण अभियानमा जिल्ला संयोजकका रुपमा मलाईं खटाइयो। पार्टी, जनजाति र त्यसमा पनि महिला नेतृको हैसियतले संविधानसभाको सभासद् बन्ने अवसर पाएको हुँ।

संविधानसभामा तपाईंको भूमिका कस्तो रहला ?
राई - संविधानसभामा ६ सय १ सभासद्मध्ये एक सय चौरानब्बे महिला सभासद्को उपस्थिति छ। यसअघि संसदमा महिलाको प्रतिनिधित्व ज्यादै न्यून थियो। महिलामाथिको थिचोमिचो, विभेदलाई संविधानसभाले न्याय दिएको छ। र, अब महिलालाई पूर्णअधिकार प्राप्ति संविधानमा उल्लेख हुन बाँकी छ। त्यसमा पनि नीतिनिर्माण तहमा जनजातिको आवाजलाई लिपिवद्ध गर्नेतर्फ हाम्रो (महिला सभासद्हरूका) भूमिका रहने छ। अब केन्द्रिकृत अधिनायकवाद नहोस् भन्नेतर्फ सचेत छौं।
महिला सभासद् राष्टपति कि राष्टध्यक्ष चाहन्छन् ?
राई - पति भन्ने शब्दले महिलामाथि हिंसालाई निरन्तरता देला भन्नेछ। राष्टप्रमुख या राष्टध्यक्ष हुनुपर्छ भनेर पार्टीको बैठकदेखि सदनसम्म हामीले पुर्याएका छौं।
मधेसवादी दलहरूले सदन अवरुद्ध गर्दै आएप्रति तपाईंलाई कस्तो लागेको छ ?
राई - स्वायत्त प्रदेश माग्नु स्वभाविकै हो। मधेस स्वायत्त हुनुपर्छ तर एक मधेस एक प्रदेश होइन। हिमाल, पहाड र तराईलाई स्वायत्त प्रदेश बनाउँदा हामी नेपाली-नेपालीलाई नै गाह्रो हुनेछ।

संघीय राज्यबारे कांग्रेस पार्टीको अवधारणा कस्तो छ ?
राई - कांग्रेस ऐतिहासिक पार्टी हो। स्थापनाकालदेखि नै जनजाति, दलितलाई समावेश गर्दै आएको छ। तर, त्यो भित्र व्यक्तिगतरुपमा हावी छ। अब अहिले संघीय राज्य निर्माणमा कांग्रेस सकारात्मक छ। पार्टीभित्रका विज्ञहरूले पाँचदेखि सात वटा प्रदेश हुनुपर्छ भन्दै आएका छन्।

तर, आदिवासी जनजातिले त जातीय इतिहास, भूगोल, भाषा, संस्कृतिका आधारमा स्वायत्त राज्य हुनुपर्छ भनेका छन् नि ?
राई - वास्तवमै यो विषय गम्भीर छ। भूगोल महत्वपूर्ण कुरा हो। देशमा हिन्दुवादी संरचना अझै कायम छ। इतिहासमा शासक जातिकारुपमा रहेकाहरूलाई छेउ पार्ने काम अब हुनु हुन्न। मेरो पार्टीको खाका आफ्नो हुनसक्ला तर यहाँका जाति, भाषा, संस्कृतिलाई स्वायत्त राज्यको आधार नमान्ने हो संघीय राज्यको अर्थ नहुनसक्छ।
राज्यको पुनःसंरचना हुँदा कुन-कुन जाति कुन ठाउँमा बसोबास गर्छन् त्यो स्पष्ट पहिचान हुनुपर्छ। उत्पीडित जातिहरूलाई उत्थान गर्ने काम हुनुपर्छ। राज्य सञ्चालन र नीतिनिर्माणमा सहभागी गराउने नेतृत्व उनीहरूलाई नै दिइनु पर्छ।
तपाईं किरात राई यायोक्खाको केन्द्रीय कार्यसमिति सदस्य पनि हुनुहुन्छ। यायोक्खाले "किरात स्वायत्त राज्य" हुनुपर्छ भन्दै आएको छ नि?
राई - नयाँ नेपालको संरचना संघीय हुनेमा कुनै आशंका छैन। जहाँसम्म यायोक्खाले "किरात स्वायत्त राज्यप्रदेश" माग्नु स्वभाविक र जायज छ। किनभने हामी किरात राई, लिम्बू, सुनुवार, याक्खा किराती हौं। र, ज-जसले आफूलाई किरात जाति भनेर गर्व गर्छन् उनीहरूको सामूहिक आवाज हो, "किरात स्वायत्त राज्य"। त्यसैले लिम्बुवान, खम्बुवान भनेर टुक्रिनुभन्दा हामी किराती एक ढिक्का भएर स्वायत्त प्रदेश प्राप्त गर्नसक्नु पर्छ। किरातीको इतिहास पनि हाम्रो एउटै छ। जहाँसम्म यायोक्खाको माग छ, किरात प्रदेश किरातीको एक छत्र हुँदै त्यहाँ रहेका सबै जातजातिले स्वाभिमानपूर्वक बाँच्न पाउने संरचना हुनेछ।
अन्तमा किरात महिला दिदीबहिनीलाई के भन्न चाहनुहुन्छ ?
राई - किराती समाज महिला प्रधान हो। यद्यपी हामीलाई पनि हिन्दु संस्कृतिले पेलेकै छ। त्यसैले पुरुषवाद अन्य वर्गमा मात्र होइन किरातीमा पनि छ। यो कुरालाई मनन गरेर किराती महिला दिदी-बहिनीहरू जो जहाँ हुनुहुन्छ, त्यहीँबाट अधिकार प्राप्तिका लागि संघर्ष गरौं। भोलि बन्ने किरात राज्यमा महिलाको सक्रिय भूमिका निर्वाह गर्न सक्नु पर्छ भन्न चाहन्छु।
२०६५ साउन २ गते

Latest Activities
२३ औं दिवसकिरात राई ययोक्खा बेलायत
आगामी संघीय राज्यमा मातृभाषाहरूलाई
The Yele sambat
संविधानसभाका लागि किराँतीहरुको राजनीतिक समझदारी
साकेला सिली :
भवन व्यवस्थापन गर्दाको अनुभव
किरायाको भवन तथा जग्गा खरिद गर्ने सन्दर्भमा केही तीता मीठा संस्मरणहरू
Latest Events
General Information