|
किराँत राई साकेला एक परिचय |
|
किराँत राई साकेला एक परिचय

किराँत राई हरुले साकेला/साकेवा/साकाला/ साकेन्वा भन्छन त्यों खास के हो त ? यो फोटो हेर्नुहोस बटुको माथि केराको पात , केराको पात माथि ३ वोटा सेतो रंगको गोलों गोलों देखिने बस्तु (पत्थर/ढुङ्गा) नै हो साकेला / भूमि देव / चारीकू अन्नको सह | यो वर्षमा एक पल्ट उभौलिमा मात्र नक्छुंग/नाग्छुंग को वैधिक मुन्धुम द्दारा साकेला थान वा जमीन बाट खनेर निकालिन्छ | त्यसपछि पूजा आजा पश्चात पुन: साकेला थानमा नै जमीन मुनि गाढेर राखिन्छ त्यों साकेला थानमा वरी परि पर्खाल ले घेरेर राखिन्छ जसले वर्ष भरी कोही नपसोस भनेर |
|
|
Read more...
|
|
कोयी राई भाषा र साहित्यको अवश्था |
|
किरात राई यायोक्खा ः संक्षिप्त झलक किरात राई यायोक्खा ः तारामणि राई
१.० परिचय : कोयी राई जातिको मूल थलो खोटाङ जिल्लाको उत्तरी भेगमा रहेको सुङ्देल र दिप्सुङ गा.वि.स.नै हुन् । तर समय अनुक्रममा यहााबाट अन्यत्र सरेर बसोबास गरेको पाइन्छ । शिकार खेल्दै भोजपुर गएको धिरालुङले त्यहीनै वैवाहिक सम्बन्ध कायम गरि बसे पछि त्यहाा जन्मिएका सन्तानहरुनै आजका छिनामखुका कोयू राईहरु भएका हुन् -वर्तमान,
|
|
Read more...
|
|
राधा राई मुन्धुम किरात धर्म दर्शनको मुल ग्रन्थ हो । मुन + थुम Ö मुन्धुम, मुन + हल्लनु थुम Ö जीवन यसरी दुइवटा अलौकीक सन्धीबाट बनिएको अति जीवनशाली ग्रन्थको नाम हो । कहि यसलाई मुन +दुम Ö मुन्धुम अर्थात मुन Öहल्लीनु दुम Öजोडिनु भनेर पनि व्याख्या गरेको पाईन्छ । मुन्धुम ईश्वरीय शब्द र ईश्वरीय अश्त्र सस्त्र सबै हो त्यसैले मुन्धुम विना यो लोक देवलोक नर्कलोक र स्वर्गलोक केहि छैन । विश्व ब्रम्हाण्ड साराका सारा ज्ञात अज्ञात सम्पुर्ण ज्ञान सुत्र मुन्धुममा वणिर्त छ ।
|
|
Read more...
|
|
|
Written by Kirat Rai Yayokkha.com
|
|
Tuesday, 05 March 2013 20:34 |
|
किरात राईका थर सामे र पाछाहरु -
सामे वा सामेइ भन्नाले रक्त समूह र पाछा भन्नाले उप समूह भनेर बुझ्न जरुरी छ । यस रुपमा आदिवासी किरात राईहरुको थर र पाछाहरुको विकास ययार्थपरक छ । पारुहाङ् र सुम्निमाको सन्तानको रुपमा संसारभर फैलिएर रहेको किरातहरुको एक अभिन्न शाखाको रुपमा फैलिएर रहेको किरात राईहरु जातको रुपमा एउटै भए पनि थर सामे र पाछा विभिन्न रहेको पाइन्छ । किरात राई यायोक्खाको अध्ययनले किरात राईहरुको जम्मा २८ थरीका राई र २८ सै थरीका भाषा रहेकोमा हाल जीवित रुपमा रहेको जम्मा २७ थरीका २६ नै भाषाहरु रहेको निम्न विवरणात्मक तथ्याङ्घ प्रस्तुत गरेको छ ।
|
|
Last Updated on Wednesday, 13 March 2013 07:59 |
|
Read more...
|
|
खोज अनुसन्धात लेखन तथा निर्देशन
नेपालमा प्राचिनकाल गोपाल वंश, महिषपाल वंश, किरात वंश र लिच्छवि वंशहरुले शासन गरेका थिए । जसमा किरातीहरुको शासन महिषपाल वंश राजा भुवनसिंहलाई हाङ यलम्बरले परास्त गरेपछि शुरु भयो तत्कालीन यलाखोम भनेर चिनिने वर्तमान काठमाडौं उपत्यकाबाट । किरात राजा एलम्/येलुङ/यलम्बरको शासन आरम्भ बर्ष इ.पू. १८७९ पूर्व भएको मानिन्छ र किरातीहरुले ३२ पुस्तासम्म शासन गरेका थिए । यलाखोममा हाङ गस्तीको पालामा वैशालीबाट आएको लिच्छविहरुसाग युद्ध हारेपछि किरातीहरु पूर्वतिर प्रवेश गरे, अन्तिप युद्ध च्यास बर्तमान ललितपुरमा पर्दछ यो युद्ध इ. सन्. ७५ देखि १०० सम्ममा भएको मानिन्छ ।
|
|
Read more...
|
|
किरात राई जातिको सामाजिक संस्कार |
|
किरात राई जातिको सामाजिक संस्कार कला कोयू १. परिचय १.१ राई किारात किारातहरुको उत्तपति र मुलथलोको बारे हिमालयको दक्ष्ण्िापुर्व क्षेत्रका बासिन्दा हुन् वा बाहिरबाट आएका हुन् भन्नेमा एकमत छैन । श्रेष्ठ -२०५२) मा उल्लेख गरिएको इमानसिङ चेम्जोङको १९६७ को लेखाइ अनुसार 'किारात' शब्द 'किरिआत', 'किरयात' शब्दबाट अपभ्रंश भएर भएको भन्नेछ जस्को भूमध्यसागरिय क्षेत्रको मोआवाइट भाषामा 'किल्ला' भन्ने बुझिन्छ, जस्ले धेरै किल्लाहरु निमार्ण गरेर बसोबास गरे । यसै पुस्तकमा प्राचिन गि्रकहरुले पनि किारात जातिसगा परिचित भएको, मुल थलो पहिलेबाट नै हिमालयको दक्ष्ण्िापुर्व क्षेत्र भएको, द्रापरयुग नेपाल आएर राज्य गर्न थालेको जस्ता विभिन्न खोजकर्ताहरुको कुरा उल्लेख छ । तर किारात इतिहास हिन्दु ग्रन्थ माहाभारत देखि काठमाण्डौ उपत्यकामा सयौं वर्ष राज्य गरेको, मल्ल राजासगा हारेर उपत्यबाट पुर्वि भागमा गइ राज्य गरेको र पछि पृथ्विनारायण शाहले नेपाल एकिकरणको बेला नेपालभित्र गाभेको कुरा स्थापित भै सकेको छ -चेम्जोङ २००३, श्रेष्ठ २०५२, म्यक डुगल्स १९७९) ।
|
|
Read more...
|
|
|
|
|
|
|
Page 1 of 2 |